2026 April 21/ 11:16: 44pm

बनेपा/काभ्रे महिला जेसीजको रजत जयन्ती तथा समुदायमा जेसीज कार्यक्रम २०१९ को समापन भएको छ । अध्यक्ष जयन्ति मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसिज एरिया सिका भिपी जेसी अमिश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा २०२० का राष्ट्रिय अध्यक्ष उम्मेदवार विकास मानन्धर, नेपाल बाल संगठनका अध्यक्ष रामकुमार मुल्मी लगायतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । रजत जयन्तिको कार्यक्रमका बारेमा काभ्रे महिला जेसीज २०१९ की अध्यक्ष जेसी मानन्धरले जानकारी गराउनु भएको थियो । काभ्रे महिला जेसिजको इतिहासका बारेमा काभ्रे महिला जेसिजकी पुर्व अध्यक्ष एवं नेपाल जेसिजकी पुर्व अध्यक्ष जेसी कृष्णप्यारी नकर्मीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा महिला जेसीजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सामुहिक रुपमा पुर्व अध्यक्षहरुले केक काटेर रजत जयन्ती मनाईएको थियो । रजत जयन्ती अन्र्तगत शाखाले वर्षभरी विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । नारी सम्मान, दुबोको माला बनाउने तालिम, क्रिस्टलको गहना बनाउने दुई दिने तालिम, एक दिने ब्युटीसियन तालिम, दही चिउरा कार्यक्रम, महिला सशक्तिकरण लगायतका समुदायमा प्रभावकारी कार्यक्रमहरुको समापन गरिएको अध्यक्ष जयन्ती मानन्धरले जानकारी दिनुभयो ।