2026 April 22/ 12:16: 21am

श्रीखण्डपुर/धुलिखेल नगरपालिका वडा नम्वर ५ मा रहेको श्रीखण्डपुर माध्यामिक विद्यालयले स्थापनाको ४१ औं वार्षिकोत्सव मनाएको छ । 
    कार्यक्रममा शिक्षा विकास निर्देशनालय प्रदेश नम्वर ३ का निर्देशक चन्द्र प्रसाद लुइँटेलको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक चन्द्र गोपाल धोंजुको सभापतित्व रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम निरौललाले विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक लेखापाल चन्द्रावती पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा सहायक प्रधानाध्यापक शंकरलाल अधिकारीले स्वागत मन्तव्य राखेका थिए । विद्यालयको वार्षिककोत्सवको अवसर पारेर अक्षयकोष दाताहरुको तर्फबाट पदक पुरुस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा कक्षागत रुपमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै विद्यालयले सन्चालन गरेको खेलकुद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थी, जेहन्दार जिवद्यार्थीलाई अक्षयकोष दाता, प्रमुख अतिथी, विशेष अतिथी, पूर्व प्रधानाध्यापक लगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायतका मनोरन्जनात्मक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन शिक्षकद्वय रमेश कुमार महत र शिव बन्जाराले गरेका थिए ।