2026 April 22/ 12:16: 20am

धुलिखेल/स्थानीय तहको लागि कृषि विकास रणनीति अभिमुखिकरण कार्यशाला गोष्ठी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर ३ हेटौडाको आयोजनामा सम्पन्न भएको छ । धुलिखेलमा आयोजित कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कृषि विकास रणनीति कृषि क्षेत्रको विकासका लागि रणनीतिका बारेमा कृषि विज्ञ गणेशकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, कृषिसँग सम्वन्धीत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कृषि विकास रणनीति कार्यान्वयन तथा कृषि प्राविधिकहरुलाई तालिम प्रदान आयोजना गर्ने, स्थानीय तहमा गर्ने कार्यक्रमहरुका बारेमा समन्वय आवश्यक रहेको निश्कर्ष निकालिएको थियो । नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था, कृषिको महत्व राष्ट्रिय अर्थतन्त्रमा कृषि, कृषि क्षेत्रमा लगानीको महत्व, चुनौती तथा सम्भावनाहरु, प्रदेश ३ मा कृषि क्षेत्रको वर्तमान अवस्था र कृषि विकास रणनीतिका बारेमा छलफल गरिएको थियो । कार्यक्रम सानुभाई केसीले संचालन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा लगायतको सहभागिता रहेको थियो ।