धुलिखेल/दिगो विकास लक्ष्य र लक्ष्य १६ प्लस बारे दिगो विकासका लागि राष्ट्रिय अभियान नेपालले जिल्लाका संचारकर्मीहरुलाई जानकारी गराएको छ । उक्त संस्थाले पलाञ्चोक र पनौतीमा कार्यक्रम गर्नेछ । दिगो विकासको लागि संचार क्षेत्रले खेल्ने महत्वपूर्ण भूमिकाका बारेमा अध्यक्ष दयासागर श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
उक्त संस्थाले दिगो विकास लागि जिल्लामा हिंसात्मक क्रियाकलापहरु र घटनाहरुका अवस्था, जिल्लामा महिला तथा वालवालिकाहरु माथि हुने हिंसाको अवस्था, जिल्लामा सुरक्षित आप्रवासन, वाध्यकारी श्रम र मानव वेचविखनको अवस्था, जिल्लामा हिंसात्मक अपराध, र अवैध हतियार अवस्था, जिल्लामा सुरक्षित आवास, बसोबास र यातायातको अवस्था, जिल्लामा शान्ति र अहिंसाको शिक्षा र संस्कृति, तथ्यांकहरुको उपलब्धताका बारेमा अध्ययन गर्नेछ । त्यस्तै जिल्लामा कानूनी शासन, न्यायमा पहुँच र न्यायको अवस्था, जिल्लामा ब्यक्तिगत कानूनी पहिचान प्रदान गर्ने अवस्था, जिल्लामा अवैध बित्तीय प्रवाह र भ्रष्टाचारको अवस्था, जिल्लामा श्रम अधिकारको अवस्था, जिल्लामा सूचनामा पहुँच र मौलिक स्वतन्त्रताहरुको उपभोगको अवस्था, जिल्लामा लैंगिक र अन्य सामाजिक भेदभावको अवस्था, जिल्लामा लैंगिक समानता र मानव अधिकार शिक्षाको अवस्था र तथ्यांकहरुको उपलब्धताका बारेमा जानकारी राख्नेछ ।
जिल्लामा संघ संस्था र सार्वजनिक निकायहरुको उपस्थिति र अवस्था, जिल्लामा विशिष्ट संस्था र नीतिहरुको अवस्था, जिल्लामा शासकीय क्षमताको अवस्था, जिल्लामा सार्वजनिक सहभागिता, समावेशीकरण तथा पारदर्शिताको अवस्था, तथ्यांकहरुको उपलब्धताका बारेमा नागरिकहरुलाई सुसुचित गराउने छ । संचारकर्मीहरुले हरेक क्षेत्रको आवाज उठाईरहँदा यि विषयहरुमा अझै प्रभावकारी ढंगबाट सुसुचित गराउन अध्यक्ष श्रेष्ठले अनुरोध गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका कार्यक्रम संयोजक नरेश श्रेष्ठ, कोषाध्यक्ष टोमप्रसाद सापकोटा लगायतले मन्तब्य राख्नु भएको थियो ।





