2026 April 22/ 12:16: 20am

साँगा/नेपाल प्रहरी स्कुल साँगाको आयोजनामा भईरहेको २७ आंै प्रहरी महानिरिक्षक फुटबल प्रतियोगिताको फाईनल खेल सोमबार सम्पन्न भएको छ । 
फाईनल खेलमा सैनिक आवासिय महाविद्यालय भक्तपुरलाई शुन्यका विरुद्ध आयोजक विद्यालय नेपाल प्रहरी स्कुल ए टिमले तीन गोल गरी रनिङ्ग ट्रफि हात पारेको छ । विजयी टिमका लागि खेल शुरु भएको १४ मिनेटमै समिर वनले पहिलो गोल गरेका थिए भने श्रीहन गँडेलले ५४ मिनेटमा दोश्रो गोल गरेका थिए । तेश्रो गोल ७६ औ मिनेटमा विमोजित राजबंशीले गरेका थिए । खेलको म्यान अफ दि म्याच श्रीहन गँडेल घोषित भए । विजयी टिमलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगद ३० हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गर्नु भएको थियो । उप विजेता सैनिक आवासिय महाविद्यालय भक्तपुरले नगद २० हजार प्राप्त ग¥यो भने तृतिय पुरस्कार एसोएस बालग्राम बनेपाले १० हजार रुपैया प्रदान गरिएको थियो । म्यान अफ दि म्याच, फेयर प्ले, हाई स्कोर, प्लेयर अफ द टुर्नामेन्टलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रहरी स्कुल ए टिमका गोलकिपर आनन्द श्रेष्ठ बेस्ट गोलकिपर घोषित भए । बेस्ट प्लेयरको उपाधी नेपाल प्रहरी स्कुलका बलराम यादवले प्राप्त गरेका थिए । हाईस्कोर सोहि विद्यालयका बिमोजित राजबंशीले प्राप्त गरे । बेलर स्कुलका खेलाडी अनुशासित घोषित भए । २७ औँ आइजीपी रनिङ्ग ट्रफीमा सैनिक महाविद्यालय, भक्तपुर, धुलिखेल इङ्लिस स्कुल, काभ्रेको एसओएस हर्मन स्कुल, बेलर इन्टरनेशनल स्कुल, बनेपा, जेम्स, ललितपुर, राजर्शी गुरुकुल र नेपाल प्रहरी विद्यालयका दुई वटा टिम समेत गरी आटवटा टिम सहभगी भएका थिए । 
गत वर्ष १२ टिमको सहभागिता रहेको थियो । सोहि वर्ष रनिङ ट्रफि सैनिक विद्यालयले हात पारेको थियो । फुटबल प्रतियोगिता शुरु हुनु अघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विद्यालयको ३९ कोठे मुख्य भवन सहित अन्य २ वटा भवनहरूको शिलान्यास सहित ब्वाइज होस्टेल र आवास भवनको उद्घाटन गर्नु भएको थियो । 
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल तथा संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।