2026 April 22/ 12:15: 35am

पनौती/शिशिर ऋतु चलिरहेको समयमा अक्षरमार्गले शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सोही काब्य गोष्ठीमै डा. गोपाल पौड्याल मण्डनेद्वारा रचित पाकेटमारको चिठी कथासङ्ग्रहको विमोचन भएको हो । उक्त पुस्तकको लोकार्पण गोष्ठीका प्रमुख अतिथि साहित्यकार भागीरथी श्रेष्ठ,  समालोचक, ध्रुब मधिकर्मी कलानीधि दाहाल, मच्छेश्वर सापकोटालगायतले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भागीरथी श्रेष्ठले उक्त काब्य गोष्ठीमा बोल्दैे साहित्यले समाजलाई सचेत बनाउँदै साहित्यमा टेवा पु¥याउने विश्वास ब्यक्त गरे । 
शिशिर काब्य गोष्ठीमा जिल्लाका साथै देशका अन्य केही भागबाट समेत आएका तीन दर्जन कविहरूको सहभागिता रहेको थियो । काब्य गोष्ठीमा सुदेस सत्यालको फर्केर आउ घर, सूर्य लाकोजूको मुक्तक, सारदा शर्माको ब्यङ्ग्य कविता, मच्छेश्वर सापकोटा जोडीको लोक गीत, कलानीधि दाहाल, सरु सुवेदी आदिको कविताले शिशिरको याममा दर्शकलाई न्यानो बनाएको थियो । त्यस्तै कार्यक्रममा विनोद खत्री आकाश, दीक्षा चापागाई, केशव ज्ञवाली, धुर्बकृष्ण  ताम्राकार, ओतबहादुर खड्का, विजयराम कर्माचार्य, तुयुकाजी ताम्राकार, छविछिमेकी, बद्री उप्रेती, नम्रता उप्रेती, उमा दाहाल, सोमकाजी शाक्य, हरिप्रसाद चौलागाई, गोपाल पौडेल, पार्वती केसी, रामकृष्ण भट्ट, प्रकाश सुवेदी, रञ्जना निरौला, सुमन घिमिर,े रदीक्षा चापागाई, रामसुन्दर देउजा, लगायतका स्रष्टाहरूले आफ्ना सिर्जना सुनाएका थिए ।  
    सोही कार्यक्रममा अक्षरमार्गलाई निरन्तर सहयोग गर्दै आएका कवि ध्रुबकृष्ण ताम्राकारलाई कदरपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रम साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन रामसुन्दर देउजा र गीता दाहालले गरेका थिए ।