2026 April 22/ 12:15: 34am

बनेपा/अन्टेभ मेलोडी ईन्ष्च्यिुटको आयोजनामा क्रिसमसको अवसरमा सार्वजानिक स्थल र मञ्चहरुको संरक्षण गरौ भन्ने उद्देश्यले बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 
आयोजनाको उद्घाटन बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंबादेले गर्नु भएको थियो । वादेले युवाहरुको सक्रियतामा गरिएको कार्यक्रममा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । नगरपालिकाले सार्वजाजिक जग्गा, मञ्च, मठमन्दिर र संस्कृतिको जर्गेना गर्न लागिरहेको बताउनु भयो । सबै मिली नगरपालिका एक्लैले सम्पुर्ण कार्य गर्न नसक्ने भएकाले युवा, लगायत नगरवासी सबैले साथ दिनुपर्ने बादेले बताउनु भयो । कार्यक्रमका बारेमा ईन्टििच्युटका प्रोपाईटर कल्पना श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रममा अडियो स्क्वायड ब्यान्ड, स्थानीय कलाहरुको प्रस्तुती, सास्कृतिक बाजा, बासुरी, धिमे बाजा, नृत्य सगै नेवारी खाजा बारा,चटामरी, योमरी, समयबजी लगाएतका परिकारहरु रहेको जानकारी दिनु भएको थियो । कार्यक्रमको उद्देश्य भनेको लोपहुन लागेको संस्कृती, सार्वजानिक स्थल र मञ्चहरुको संरक्षण गर्ने, आफ्नो ठाँउलाई माया गर्ने, युवाहरुलाई प्रत्सोहान गर्ने रहेको श्रेष्ठले बताउनु भयो । 
कार्यक्रममा युवा, स्थानीय र आफ्नो संस्कृती सम्बन्धिका बाजागाजा समेत प्रस्तुत गरिएको थियो ।