श्रीखण्डपुर/एसओएस हर्मन माइनर विद्यालयमा एक भव्य समारोहका बिच खेलकुद सप्ताह २०७६ को उद्घाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र अमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जम्मा १० वटा खेल विभिन्न विधामा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका २५० खेलाडीलाई प्रतिस्पर्धा गराइने जानकारी विद्यालयका प्राचार्य नरेश्वर आचार्यले जनकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले काभ्रे जिल्ला र पनौति नगरपालिकाकै नमुना विद्यालय एसओएस रहेकाले उक्त विद्यालयले ल्याउने जस्तासुकै सहकार्यमा हातेमालो गरेर अगाडि बढ्ने र आत्म निर्भरताका लागि विद्यालयले अगाडि सारेका विषयमा केन्द्र, प्रदेश र स्थानीय सरकार समेतले प्राविधिक विषय अध्यापन गराउन एउटा सुविधा सम्पन्न भवन बनाई सो सम्बन्धी विषयको स्वीकृति समेत दिइने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि एसओएस बालग्राम नेपाल शिक्षा तथा युवा विकास प्रमुख डा. गङ्गा गुरुङले राष्ट्रिय खेलाडी उत्पादन गर्नमा एसओएस हर्मन माइनर विद्यालय सफल भएको र १३ औँ सागको फुटबलको स्वर्ण पदक दिलाउन सफल राकेश परियार हर्मन माइनर विद्यालयकै उत्पादन रहेको बताउनु भएको थियो । गुरुङ्गले खेलकुद र शिक्षाका क्षेत्रमा नगरपालिकाका अन्य विद्यालयलाई हर्मन माइनर विद्यालयले सीप तथा तालिमको व्यवस्थापन गर्नेमा सहकार्य गर्न सकिने बताएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा एसओएस बालग्राम काभ्रेका बालग्राम निर्देशक अमगाईले खेलकुदले अनुशासन तथा सीप विकासमा सहयोग पुर्याउने र हर्मन माइनर विद्यालयका विद्यार्थीमा यी दुवै कुराको विकास गराउन सफल भएकामा बताउनु भयो । । एनसिसि सिनियर डिभिजनका क्याडेट विद्यार्थीहरुको मार्चपासका साथमा सम्पूर्ण खेलाडीलाई मार्च पास गराइएको थियो । खेलकुद कार्यक्रमका संयोजक विद्यालयका खेलकुद संयोजक विजयकृष्ण बादे रहनु भएको थियो ।





