बनेपा/बनेपा नगरपालिकामा २ वर्षसम्म कार्यरत प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेलाई एक कार्यक्रमका विच विदाई र बुटवलबाट सरुवा भई बनेपा नगरपालिकामा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत मोहन पौड्याललाई स्वागत गरिएको छ ।
स्वागत कार्यक्रममा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनरसिं वादेले कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भयो । कर्मचारीले नीति र विधि भित्र रहेर जनप्रतिनिधिले ल्याएका योजना तथा नीति कार्यक्रमलाई सफल बनाउनु पर्ने बताउनु भयो । जनप्रतिनिधिले योजना ल्याउँछ तर कर्मचारीले कार्यन्वयन गरेनन् भने नगरपालिका सफल हुदैन त्यसैले सबै जनप्रतिनीधि, शाखा अधिकृत, प्राविधिक, कर्मचारी लागेमात्र योजना सफल बनाई सुखी नेपाली समृद्ध बनेपा बनाउन सकिने बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले कर्मचारी सरुवा बढुवा हुनु नियमित कार्य भएकाले कर्मचारीले आफु रहुन्जेल कस्तो कार्य गरेको चाहि महत्व हुने बताउनु भयो । आफु जुन ठाँउमा रहदाँ पनि कानुन अनुसार जनताको कामलाई सहज भए वा भएन त्यो कुराले सधै सम्झाई रहने बताउनु भयो । त्यसैगरी कार्यक्रममा शिक्षा शाखा प्रमुख श्याम सिं धामी, बनेपा नगरपालिका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल, प्रशासन प्रमुख कृष्ण प्रसाद कायस्थ लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।





