2026 April 21/ 11:16: 12pm

बनेपा/तिमल्सिनाहरुको कुल पुजाका लागि गठन गरिएको विन्धबासिनी तिमल्सिना प्रतिष्ठानले निर्माण गर्न लागेको संरचनाका लागि सहयोग गर्ने क्रम शुरु भएको छ । प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद तिमल्सिनाले १८ जना संस्थापक रहेर जनही १ लाख १४ हजार रुपैयाँ खर्च गरी ६ आना जग्गा खरिद गरी शुरु गरेको धुलिखेल नगरपालिका साविक ९ हालको वडा नम्वर ५ कित्ता नम्वर १९३२ को ६ आना जग्गामा आवश्यक संरचना निर्माण थालनी भएको छ । 
    २०७५ असारमा खरिद गरिएको जग्गाको मुल्य २० लाख थियो । पुनः प्रतिष्ठानले अन्य संरचना निर्माणका लागि आवश्यक जग्गा खरिद गर्ने क्रममा रकम अभाव भए पछि तिमल्सिना समाजका विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरु मार्फत सहयोग संकलन शुरु गरेको हो । तिमल्सिनाहरुको कुल पुजा गर्ने र अन्य ब्यक्तिहरुले पनि विन्धबासिनी मन्दिरको दर्शन गर्न सक्ने गरी उक्त जग्गामा ब्यक्तिगत रुपमा राजु भनेर चिनिने इन्द्रमणी तिमल्सिनाले एक्लै २१ लाख बराबरको मन्दिर निर्माण गरिदिनु भएको छ । विन्धबासिनी मन्दिर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मुर्ति प्रतिस्थापनको तयारी शुरु भएको छ । त्यस्तै सोहि जग्गामा आवश्यक पर्ने भवन निर्माणका लागि स्व. आशिष तिमल्सिनाको सम्झनामा उनकै बाबु देवप्रकाश तिमल्सिनाले ८ लाख भन्दा धेरै खर्च गरेर भवन निर्माण गरेका छन् । तीन तल्ला नक्सा पास गरिएको उक्त भवनलाई बहुउपयोगी बनाईनेछ । तिमल्सिना लगायतको किरिया घर तथा अन्य संस्कृतिको संरक्षणका लागि गुरुकूल निर्माण गर्ने योजना बनाईएको सचिव रामप्रसाद तिमल्सिनाले बताउनुभयो । प्रतिष्ठानमा उपाध्यक्ष उद्धवप्रसाद तिमल्सिना पाँचखाल, कोषाध्यक्ष भगवान तिमल्सिना रहनु भएको छ । 
    प्रतिष्ठानका नाममा थप ६ आना जग्गा खरिद भएको छ । ६ आना मध्ये १ आना जग्गाधनी इन्द्रजित राजवाहकले वडा अध्यक्ष गंगासागर रञ्जितको पहलमा निःशुल्क उपलब्ध गराउनु भएको छ भने ५ आनाको रकम तिर्नु पर्नेछ । सोहि रकमका लागि तिमल्सिना समाजका जिल्ला अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले २ लाख २२ हजार २ सय २२, न्यु तिमल्सिना जलपान गृहका बद्रि तिमल्सिना, उहाँकै दाजुभाई रामप्रसाद तिमल्सिना र मुक्ति तिमल्सिनाले स्व. बुबा नन्दिकेशर तिमल्सिनाको सम्झनामा १ लाख ११ हजार १ सय ११, सरस्वती डेरी उद्योगका नारायण तिमल्सिनाले १ लाख ११ हजार १ सय ११, स्व. चुडामणी तिमल्सिनाको सम्झनामा विनोद तिमल्सिनाले १ लाख ५ हजार, केन्द्रिय अध्यक्ष नवराज तिमल्सिनाले २५ हजार १ सय २५ रुपैया सहयोग गर्नु भएको छ । भेलामा तिमल्सिना समाजका केन्द्रिय अध्यक्ष नवराज तिमल्सिना, जिल्ला अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।