साँगा/२७ औं प्रहरी महानिरिक्षक फुटबल प्रतियोगिता शुक्रबारबाट नेपाल प्रहरी स्कुल साँगाको आयोजनामा शुरु भएको छ । प्रहरी नायब महानिरीक्षक नारायण सिं ड्काले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
सिमसिम पानीका बाबजुत पनि शुरु भएको प्रतियोगिताको पहिलो खेल नेपाल प्रहरी स्कुल ए टिम र जेम्स स्कुल बीच भएको थियो । खेल शुरु भएको मध्यान्ह नजिकै आयोजक विद्यालयको ए टिमले जेम्स स्कुललाई एक गोल गरेको थियो । सोहि गोल नै प्रतियोगिताको अन्तिम खेल बन्यो ।
प्रतियोगिताको सोहि दिन भएको दोश्रो खेलमा नेपाल प्रहरी स्कुल वि र धुलिखेल अंग्रेजी स्कुल बीच भएको खेल बराबरीमा टुङ्गियो । दुबै विद्यालयले एक÷एक गोल गरेका थिए ।
प्रतियोगिताको उद्घाटनमा बोल्दै नारायण सिं खड्काले सिप र संस्कार सँगै शिक्षामा खेलकुदको पनि महत्व रहेको बताउनु भयो । भर्खरै सम्पन्न साग प्रतियोगितामा नेपालले उल्लेख्य प्रगति गरेकोमा बालबालिकाहरुलाई मेहनत गरी अनुशासित रुपले खेल्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सञ्जीव घिमीरे, समादेशक प्रहरी नायब उपरिक्षक डिएस्पी श्रीराम भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो । प्रतियोगितामा काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका ८ वटा टिमको सहभागिता रहेको छ । गतबर्ष १२ टिमको सहभागिता रहेको थियो । सोहि वर्ष रनिङ ट्रफि सैनिक विद्यालयले हात पारेको थियो ।





