2026 April 21/ 10:44: 09pm

    बनेपा/नेपाल पशुपक्षी औषधी ब्यवसायी संघ काभ्रे पूर्व शाखाको दोश्रो अधिबेशन केन्द्रिय अध्यक्ष चित्रबहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष विकास शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सभाको बन्द सत्रले पुनः शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा टंककुमार श्रेष्ठ, सचिव यज्ञप्रसाद पन्त, कोषाध्यक्ष अमृत थापा र सदस्यहरुमा नेत्रप्रसाद पराजुली, टिका श्रेष्ठ, बासु थापा, कृष्ण तिमल्सिना, बेलबहादुर महत रहेका छन् ।
    जिल्लामा रहेका औषधी ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा संघका पूर्व अध्यक्ष नवराज शर्मा, निर्वतमान अध्यक्षहरु, केन्द्रिय पदाधिकारीहरु, संस्थापकहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । औषधी ब्यवसायीहरुले भोगिरहेका समस्या र चुनौती समाधानका लागि खेल्नुपर्ने भूमिकाका बारेमा सभामा छलफल भएको थियो ।