2026 April 21/ 11:16: 39pm

    नाला, बनेपा/पंचशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा नगरपालिका वडा नम्वर ४ शेरा काभ्रेको पाँचौ बार्षिक साधारण सभा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै नगर उपप्रमुख रेखा सापकोटा दाहालले नगरबासीहरुको आय–आर्जन बृद्धिका लागि विनियोजन भएका बजेट तथा कार्यक्रमहरुको सहि सदुपयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले नगर भित्र संचालन गरिएका थुप्रै कार्यक्रमहरु नगरवासीहरुका लागि उपलब्धी मुलक हुन बताउनु भयो । सहकारीले शेयर सदस्यहरुको आर्थिक समृद्धिका लागि बचत तथा ऋण लगानी गरिरहेकाले आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताउनु भयो । नगरपालिकाले महिला हिंसा विरुद्धको अभियान संचालन गरी न्यायिक समिति मार्फत न्यायको आशा जगाएको बताउनु भयो । वडा अध्यक्ष कृष्णप्रसाद दाहालले वडा र नगर क्षेत्रमा सहकारीहरुले पु¥याएको योगदानको चर्चा गर्दै सामाजिक अभियानमा सहकारीहरुले सहयात्रा गर्नुपर्ने बताउनु भयो । वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले नगरपालिकाले विकासको अभियान शुरु गरेको सहकारीहरु त्यसको साझेदारी बन्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतराम तिमल्सिना, जिल्ला सहकारी संघका सदस्य रेशम नेपाली, संस्थाका सल्लाहकार बलराम बजगाई, विभिन्न सहकारीका अध्यक्षहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका विभिन्न उत्कृष्ट ब्यक्तिहरुलाई विभिन्न विद्यामा सम्मान गरिएको थियो । 
    अध्यक्ष सन्तोष बजगाईले दिगो विकास लक्ष्यका लागि सहकारीले विभिन्न कार्यक्रमहरु संचालन गरी सामाजिक उत्तरदायित्व समेत पुरा गरेको बताउनु भयो । सचिव शिवराम सिग्देलले बार्षिक प्रतिवेदन, कार्यवाहक कोषाध्यक्ष जयराम बहाला श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक जयराम दाहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको सभामा संस्थाले आर्थिक वर्षको अन्त्यमा २ हजार ३ सय ९८ शेयर सदस्यबाट ३९ लाख ७२ हजार शेयर पुँजी संकलन गरेको छ । ४ करोड ३९ लाख ६० हजार ९ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ४ करोड ७ लाख ४६ हजार ३ सय ६५ रुपैयाँ लगानी गरेको छ । संस्थाले ८ लाख ४५ हजार मुनाफा गरेको ब्यवस्थापक सन्तोष दाहालले जानकारी दिनु भयो ।