2026 April 21/ 11:16: 12pm

    बनेपा/महिला हिंसा विरुद्ध १६ दिवसीय अभियान अन्तर्गत महिला हिंसा रोकथाम सम्बन्धी प्रहरीको भुमिका बारे काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको छ । 
    एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ४३, बनेपा र बनेपा युथ नेटवर्क,बनेपाको संयुक्त आयोजनामा बनेपा नगर पालिका वडा नं. ६ बुडोल स्थित काभ्रे बहुमुखी क्याम्पसमा समुहका संयोजक राजन भालुको अध्यक्षतामा क्याम्पसका क्याम्पस प्रमुख के.जि.बैदारको प्रमुख आतिथ्यतमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक सीता श्रेष्ठ र अधिबक्ता कृष्णप्यारी नकर्मी बिशिष्ठ अतिथि रहेको कार्यक्रम संचालन बनेपा युथ नेटवर्क बनेपाका सचीव सौरब ढकाल र बनेपा युथ नेटवर्क संयोजक सुजल मानन्धरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि के.जि.बैदारले एम्नेष्टिको प्रतीक मैनबत्ती प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । एम्नेष्टिले नेपालमा मानवअधिकार लैङ्गकि हिंसा, मृत्यु दण्ड विरुद्ध  र बिदेशमा भई रहेको मानवअधिकार उल्लंघन बारे एम्नेष्टिको भुमिकाबारे प्रष्ट पार्नु भएको थियो । प्रहरी नायब निरीक्षक सिता श्रेष्ठले नेपालमा भई  रहेको महिला हिंसा के कसरी हुन्छ ? त्यसलाई कसरी रोकथाम गर्ने नेपाल प्रहरीले त्यस्तो घटनालाई कसरी निरुत्साहित गर्ने भन्ने बारे जानकारी गराउनु भयो । अधिबक्ता कृष्ण प्यारी नकर्मीले विद्यमान संविधानमा भएको कानुनी व्यवस्था र कैदबारे जानकारी दिनुभयो । अध्यक्ष राजन भालुले सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो ।