2026 April 21/ 10:45: 00pm

    नाला/श्री स्वेत वराह माध्यमिक विद्यालयको ३७ औ वार्षिकोत्सब आभिभाबक भेला, एसई ई २०७५ र कक्षा १२ मा उतिर्ण विद्यार्थीहरुलाई सममान, वधाई तथा विदाई कार्यक्रम प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईको आातिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै हुमागाईले सामुदायीक विद्यालय निजी भन्दा कम नभएकाले सम्पुर्ण अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई सामुदायीक विद्यालयमा अध्यापन गराउन आग्रह गर्नु भएको थियो । नगरकै नमुनाको रुपमा रहेको विद्यालयमा प्राविधिक कक्षाहरु समेत सञ्चालन भएकाले विद्यार्थीहरुलाई आफ्नो पढाई सगै रोजगारको अवसर समेत प्रदान हुने बताउनु भयो । प्रविधिलाई अझ थप गर्दै कृषि, शिभिल, मेकानिक्स जस्ता प्राविधिक विषयहरुलाई प्राथमिकता दिन विद्यालयलाई र बनेपा नगरपालिकालाई अनुरोध गर्नु भयो । गुणस्तिरीय शिक्षामा विद्यालय प्रशासनले कुनै कमि नगर्न र विद्यार्थीहरुको भविश्य माथि खेलबाड नगर्न समेत प्रमुख अतिथी हुमागाईले आग्रह गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक जीवन भण्डारीले सभामा पेश गर्नु भएको थियो । कार्यक्रममा एसई ई २०७५मा उतिर्ण विद्यार्थी र कक्षा १२ मा उतिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।