2026 April 21/ 10:44: 09pm

    बनेपा/चैतन्य बहुमुखी क्याम्पसको २८ औ वार्षिक उत्सब तथा पुरस्कार वितरण समारोह कार्यक्रम प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुमागाईले जिल्लाकै पुरानो क्याम्पसमा परम्परागत भन्दा आधुनीक र समय अनुसारको शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो । शिक्षालाई प्रविधि सँग जोडदै घोकन्ते भन्दा ब्यबहारीक, प्रविधी युक्त शिक्षा प्रदान गरि रोजगारमुलक चाहिने बताउनु भयो । अहिले शिक्षा प्रमाणपत्रका लागि मात्र भयो रोजगार मुलक भएन, अब प्रत्येक विद्यालय र कलेजहरुले रोजगार मुलक प्रविधि युक्त शिक्षा प्रदान गर्दै समाजलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो । प्रदेश सरकारले शिक्षा एैन चाडै जारी गर्न लागेकाले शिक्षामा देखिएको अन्योलता चाडै हट्ने विश्वास ब्यक्त गर्नु भयो । 
    कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिबेदन क्याम्पस प्रमुख जुजुभाई मानन्धरले सभामा पेश गर्नु भएको थियो । क्याम्पसमा हाल +२, २०५९ बाट १ वर्षे बी.एड, ०६३ बाट एम.एड २०७० देखि व्यवस्थापन विषयतर्फ पनि पठनपाठन विस्तार गरिएको छ । हाल क्याम्पसमा +२ तर्फ शिक्षा र व्यवस्थापन, स्नातक तहमा अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य शिक्षा, अर्थशास्त्र, इतिहास र जनसंख्या गरी ७ विषयहरुमा बी.एड्. र अंग्रेजी, नेपाली, गणित, अर्थशास्त्र र शैक्षिक योजना तथा व्यवस्थापन ५ विषयमा १ वर्षे बी.एड्., व्यबस्थापनतर्फ बी.बी.एस. अनि शैक्षिक योजना तथा व्यवस्थापन, गणित शिक्षा, अंग्रेजी शिक्षा र नेपाली शिक्षा गरी ४ विषयहरुमा एम् एड् बिहानी सत्रमा सञ्चालित  रहेको जनाएको छ । त्यसै गरी  शैक्षिक सत्र २०७÷।०७५ मा ६१४  शैक्षिक सत्र २०७५÷०७६ मा ५ सय जना चालु आ.व. २०७६÷०७७ को लागि हाल सम्म नयाँ विद्यार्थी भर्ना ९क्ष्लतबपभ० +२ तर्फ १४७, बी.एड्. तर्फ २२ जना, बी.बी.एस. तर्फ १३, एक वर्षे बी.एड मा १ जना गरी जम्मा १८३ जना भर्ना भइसकेका जानकारी दिईएको थियो । क्याम्पसले विगतका केही वर्षदेखि यस क्याम्पसले अवलम्बन गर्दै आएको नीति अनुसार नै सामाजिक न्याय समेतलाई ध्यानमा राखी गरीब तथा पिछडिएका वर्ग, दुर्गम, दलित जनजाति र स्थानीयवासी, जेहेन्दार विद्यार्थी आदि विविध शीर्षक अन्र्तगत जम्मा ४.५% विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । 
    क्याम्पसमा बर्तमान समय सुचना प्रविधिको युग भएकोले विद्यार्थीहरुलाई आ.व. ०७६÷०७७ मा प्यचभबल ख्यगिलतभभच ज्यपधबल प्ष्m को पहलमा ९प्यचभबल क्ष्लतभचलबतष्यलब िऋय(इउभचबतष्खभ ब्नभलअथ ९प्इक्ष्प्ब्० को विशेष सहयोगमा पुरानो ल्याबको सट्टा झण्डै २५ लाख बरावरको आधुनिक आईसिटी ल्याब निर्माण गरी सञ्चालनमा ल्याएको क्याम्पस प्रमुख जुजुभाई मानन्धरले बताउनु भयो । क्याम्पसको आ.व. २०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदन अनुसार ०+२ तर्फ ३५,०४७८० र स्नातक र स्नाकोत्तर कार्यक्रम तर्फ रु. १२०५४८०१ गरि जम्मा रु. १५५५९५८१।०६ को आम्दानी भएको देखिन्छ तर खर्च तर्फ भने ०+२ तर्फ रु. ३५,०४७८० र स्नातक र स्नाकोत्तर कार्यक्रम तर्फ रु. ८९६७९१५ गरि जम्मा रु. १२४७२६९९ खर्च भएकोे समेत सभामा मानन्धरले बताउनु भएको थियो । क्याम्पसको भावि कार्यक्रम अनुसार चैतन्य बहुमुखी क्याम्पसले समय–समयमा परिस्थितिको आवश्यकतालाई ध्यानमा राखी सेवा विस्तार गर्दै अगाड बढी रहेको र यसै  नीति अनुसार विद्यार्थिको सेवा शिक्षा र व्यवस्थापन विषयहरुमा उच्च शिक्षा अध्ययन अध्यापनको अतिरिक्त सूचना प्रविधि तर्फ पनि उच्च शिक्षाअध्ययन प्रवर्धनका लागि सम्बन्धन विस्तार गर्दै लैजान र कक्षा एघार बाह्रमा ऋयmउगतभच क्अष्भलअभ को पठनपाठन स्तरीय बनाउन प्यचभबल क्ष्लतभचलबतष्यलब िऋययउभचबतष्यल ब्नभचचथ ९प्इक्ष्प्ब्० प्रविधिी मार्फत अध्यापन गर्न लागीएको समेत बताउनु भएको थियो । 
    यसको लागि शिक्षण सिकाइमा प्रविधि मैत्री बढाउने, पूर्वाधार विकास गर्ने, कक्षा कोठा सुधार गर्ने, पुस्तकालय व्यवस्थित गर्ने कार्य निरन्तर अगाडि बढीरहेको मानन्धरले बताउनु भएको छ । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले स्थानिय सरकाले क्याम्पसलाई भौतिक तथा शिक्षामा सहयो गर्न तयार रहेको बताउनु भयो । क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह समेत गर्नु भयो । क्याम्पसमा पुर्व देखीका विद्यार्थीहरु अध्ययनका लागी आउने भएकाले नगरको मान र ईज्जत राखी अध्यापन गराउन प्राध्यापक हरुलाई समेत आग्रह गर्नु भयो । उत्कृष्ट प्राध्यापकलाई सम्मान र पुरस्कृत गरि मनोबल बढाउन समेत क्याम्पसलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दान बहादुर मानन्धर, १३ नं का वडा अध्यक्ष सुर्य नारायण नापित, काभ्रे क्याम्पसका क्याम्पस प्रमुख केजी बैदार, नाईटिङ्गेल एकेडेमी माविका अध्यक्ष रत्नकुश रञ्जित क्याम्पसका प्रध्यापक ईकाई अध्यक्ष हरिशरण थापा, स्ववियू सभापति माधब शर्मा लगाएतका बयक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा खेलकुद, साहित्यमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तबय उप प्राध्यापक राजेश राज महतले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व सञ्चालक समिती अध्यक्ष डा सुरेन्द्र बहादुर बोदे श्रेष्ठले र्गनु भएको थियो ।