उद्धब प्रसाद अधिकारी/पाँचखाल
माहाँकाल देवि दुग्ध उत्पादक सहकारी संस्थालिको १२ औ वार्षिक साधारण सभा बाट सिताराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितीको उपाध्यक्षमा रमेशप्रसाद ढुंगाना, सचिब रमा सापकोटा, कोषाध्यक्ष बैकुण्ठ कायष्थ सदस्यहरुमा सन्तोष राई, केदार ढुंगाना, सरोज कुमार पराजुली, सुन्दर दनुवार रहेका छन् । साधारण सभाको उद्घाटन पाँचखाल नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामशरण दुलालले गरेका थिए । दुलालले कृषकहरुलाई दुग्ध सहकारी संस्थाले उपयुक्त दररेटमा पारदर्शिरुपमा सेवा पु¥याउन आग्रह गरेका थिए । कृषकहरुलाई जति सक्दो बढी दुधको मुल्य दिएर संस्थाको जिल्ला तथा नेपालमै नमुनाको रुपमा नाम राख्न सक्नु पर्ने बताए । कृषकहरुलाई गाई बस्तुको दाना, मल लगाएतका सेवा सुविधा बढाई संस्थाले जतिसक्दो शेयर सदस्य समेत बढाउनु पर्ने र वडाबाट हुने कृषकहरुका लागी सहयोग गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा संस्थाको आ.व२०७५÷२०७६को वार्षिक प्रगति प्रतिबेदन, संस्थाका गतिबिधी ब्यबस्थापक गणेश प्रसाद पराजुलिले पेश गरेका थिए । संस्थाका अध्यक्ष शिब प्रसाद अधिकारीले संस्थाले शेयर सदस्य र कृषकहरुलाई उत्कृष्ट सेवा दिन सकेको बताएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष शिब प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।





