2026 April 21/ 10:30: 07pm

जमुना सापकोटा/रयाले
    बालाचर्तुदशी पर्वको अवसरमा सोमबार देशभरका विभिन्न शिवालयमा शतविज छरी मनाएका छन् । हिन्दु परम्परा अनुसार हरेक वर्ष मंसिर कृष्ण चर्तदशीका दिन यो पर्व मनाईने धार्मिक मान्यता रहेको छ । 
    यस दिन विशेष गरी दिंवगत पितृहरुको उद्धारको उदेश्यले उनिहरुको सम्झना गर्दे विभिन्न शिवालयमा शतविज छरिन्छ । मंसिर कृष्ण पक्ष त्रयोदशीका दिन साँझ बत्तीबाली रात भरी जाग्राम बस्ने र भोलीपल्ट अर्थात चर्तुदशीका दिन बिहान सबैरै मन्दिर वरीपरि शतविज छरेर भगवान शिबको दर्शन पुजा गर्ने चलन रहेको छ । सोही अनुसार काभ्रेको रयालेको त्रिबेणी धाम पशुपति मन्दिरमा बत्ति बालिरहेका भक्तजनहरुलाई जनईच्छा कृषि सहकारी संस्था लि र डेजाएर सकोस काठमाडौले निशुल्क चिया विस्कुट र पानि वितरण गरेका थिए । संस्थाको सामाजिक कार्य अनुरुप उक्त कार्य गरेको जनईच्छा सकोसका अध्यक्ष विजय सापकोटाले जानकारी दिए ।