2026 April 21/ 10:30: 27pm

    पनौती/तेजगंगा बहुमुखी क्याम्पसको १९ औ वार्षिक उत्सब कार्यक्रम संस्थापक क्याम्पस प्रमुख डा.अम्भु भवानी कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    २०५७ सालमा स्थापना भएको क्याम्पसमा कक्षा ११ देखी मास्टर डिग्री सम्मको अध्यापन भैइरहेको छ । वार्षिक उत्सबलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख कार्कीले क्याम्पसमा भौतिक निमार्ण तिव्र गतिमा भैईरहेकाले क्याम्पसले आगामी शैक्षिक सत्रबाट प्राविधिक विषय, ल,आइटि, विविए, लगाएतका विषयहरु थप्ने र अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउनु भयो । क्याम्पसमा अहिले सम्म २ हजार ५ सय भन्दा बढि विद्यार्थीहरुले अध्यन गरीसकेका र यस शैक्षिक सत्रमा ७ सय २५ जनाले अध्ययन गरिरहेको वाताईएको थियो । कार्यक्रममा संचालक समितीहरु, प्रध्यापक, विद्यार्थीको उपस्थिती रहेको थियो । सोहि अवसरमा क्याम्पसले रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिबिर कार्यक्रम आयोजना गरेको थियो । शिबिरमा ३ सय भन्दा बढी विद्यार्थी अभिभावक र प्राध्यापकहरुले आँखा जाँच गराएका थिए ।