2026 April 21/ 10:29: 16pm

    नाला/माई उग्रचण्डी साना किसान कृषि सहकारी संस्था लिको छैठौ बार्षिक साधारण सभा प्रदेश सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुमागाईले सहकारीले महिलाहरुको नेतृत्व विकास, आर्थिक रुपान्तरण र चौर्तफी विकासकालागी सहयोग पुगेको बताउनु भयो । आफुले कमाएको थोरै रकम जम्मा गरी आत्मनिर्भरमा समेत सहयो पुगेकोले सहकारीले गाउँमा र शहरमा धेरै आर्थिक समाजिक क्षेत्रमा सहयोग पुगेको उहाँले बताउनु भयो । स–साना पुजीँबाट बचत गरी कृषि क्षेत्रमा लागनी गर्न र सिप विकासमा समेत लगानी गर्न आग्रह गर्नु भएको थियो । प्रदेश सरकार सहकारी निती र ऐन ल्याईसकेकाले कार्यविधी पनि छिट्टै ल्याउन लागीएको बताउनु भएको थियो । साधारण सभामा बनेपा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, ४ नं. वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ,नारी जागरण साकोसका अध्यक्ष निर्मला श्रेष्ठ, महेश्वर कृषि सहकारी संस्था लिका अध्यक्ष नविन श्रेष्ठ,पञ्चशिल साकोसका सचिब शिबराम सिग्देल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब सनीता बजगाई, आर्थिक प्रतिबेदन रसीला पराजुीले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक रंजु सापकोटाले पेश गर्नु भएको थियो । संस्थाको शेयर पुंजी २१ लाख ९२ हजार ४ सय,कुल बचत १ करोड ४४ लाख ७० हजार ८ सय रहेको जनाएको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सीता दंगालले गर्नु भएको थियो ।