2026 April 21/ 10:29: 15pm

    बनेपा/कुमारी बचत तथा ऋण सहकारी संस्थालिको १० औ वार्षिक साधारण सभाबाट पुनः ठाकुर प्रसाद बजगाईको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको छ । 
    संस्थाको उपाध्यक्षमा मीन बहादुर थापा, सचिब श्याम सापकोटा कोषाध्यक्ष दिपा दाहाल, सदस्यहरुमा पुष्पा गौतम राम प्रसाद तिमल्सिना, यज्ञ प्रसाद सापकोटा,अच्युत प्रसाद भट्टराई, कैलाश तिमल्सिना र नानिमैया तिमल्सिना रहेका छन् । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितीको संयोजकमा ज्ञान बहादुर पराजुली सदस्यमा राधिका घिमिरे र केशब थापा रहेको छन् । 
    संस्थाको वार्षिक प्रतिबेदन सचिब श्याम सापकोटाले आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपा दाहाले सभामा पेश गर्नु भएको थियो । संस्थाको आव २०७५/०७६मा शेयर पुँजी ४७ लाख १७ हजार २ सय बचत रकम ३ करोड ८१ लाख २३ हजार, कुल पुंजी ४ करोड ६२ लाख ४५ हजार रहेको जनाएको छ । साधारण सभाको उद्घाटन युवा ब्यबसायी तथा आवर स्ट्यान्र्ड साकोसका अध्यक्ष रत्नकुश रञ्जीतले गर्नु भएको थियो । कार्यक्रममा बोल्दे प्रमुख अतिथी रञ्जितले सहकारीहरुले सदस्यहरुलाई विश्वास दिलाउन सक्नु पर्ने बताउनु भयो । सहकारीले सदस्यहरुको हितमा काम गरी आर्थिक कारोबार मात्र नगरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सुझाब दिनु भयो । सहकारीहरु सख्यात्मक भन्दा गुणात्मकमा ध्यान दिई मर्जमा समेत जानु पर्नेमा जोड दिनु भएको थियो । कार्यममा संस्थाको गतिविधी अध्यक्ष ठाकुर प्रसाद बजगाईले राख्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष मीन बहादुर थापाले राख्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष ठाकुर प्रसाद बजगाईको सभापतित्वमा सम्पन्न भएको थियो ।