पनौती/पनौती नगरपालिकामा एकल महिलाहरुको नगरपालिका स्तरीय भेला तथा समुह निर्माण भएको छ ।
भेलामा पनौती नगरपालिका उप प्रमुख गीता बञ्जारको प्रमुख आतिथ्यता रहेको थियो । एकल महिला समुहको भेला उद्घाटन गर्दै उप प्रमुख बञ्जाराले एकल महिलालाई नगरपालिकाले हरेक काममा प्राथमिकता दिएको बताउनु भयो । बन्जाराले नगरपालिकाले महिलालाई आत्मनिर्भर र व्यवसायिक बनाउन हरेक वर्ष कार्यक्रम ल्याएको बताउँदै आगामी दिनमा पनि यी कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिने बताउनु भएको थियो । बन्जाराले नगरपालिकामा घरेलु हिंसा, र वृद्धवृद्धाका गुनासो धेरै आउने गरेको जानकारी दिँदै उनीहरुका समस्या समाधानमा नगरपालिका लागिरहेको पनि बताउनु भएको थियो । उप प्रमुख बञ्जाराले स्वरोजगार कार्यक्रम, सामुहिक खेती, लगायतका कार्यक्रममा एकल महिलालाई पहिलो प्राथमिकतामा राखेको बृद्धवृद्धाका लागि नगरपालिकाले जेष्ठ नागरिक चौतारी बनाउन लागेको,सबै महिलालाई नगरपालिकाका हरेक कार्यक्रममा क्रमैसँग अवसर दिने उनको बज्नाराको भनाई रहेको थियो ।
पनौती नगरपालिकाले ३५ वर्षमाथीका अविवाहित महिलालाई मासिक १५ सय भत्ता दिने गरेको छ । पाडापाडी वितरण कार्यक्रममा पनि नगरपालिकाले एकल महिलालाई पहिलो प्राथमिकतामा राखेको छ । कार्यक्रमका लागि मानव अधिकारका लागि महिला एकल महिला समुहले प्राविधिक सहयोग गरेको थियो भने कार्यक्रमको आयोजना पनौती नगरपालिकाले गरेको थियो । कार्यक्रममा एकल महिलाले आफुले भोग्नु परेका समस्या तथा आवश्यक कार्यक्रमबारे नगरपालिकालाई जानकारी गराएका थिए ।





