बनेपा/शुलभ बचत तथा ऋण सहकारी संस्था लि.ले साईकल यात्रीहरुलाई बनेपामा एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
सस्ंथाका अध्यक्ष विक्रम भैल, संस्थाका पदाधिकारीहरु कर्मचारी लगाएतले स्वागत गरेका थिए । २ सय ५७ जना रहेको साईकल यात्री टोलीले पशुपतिनाथ काठमाडौ बाट शुरु गरी सिन्धुलीगढी हुदै जनकपुर मन्दिरमा पुगी यात्रा समाप्त हुने बताईएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको बताएको छ । संस्थाले विगतका बर्षहरुमा पनि साईकल यात्रीहरुलाई स्वागत गर्दे आएको प्रमुख ब्यबस्थापक रमेश श्रेष्ठले बताए ।





