2026 April 21/ 10:45: 59pm

    चलाल/कालापानी सामुदायिक बन उपभोक्ता समुहको १४ औ वार्षिक साधारण सभा प्रदेश सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुमागाईले बन जंगलका जडीबुटी, पानीका मुहान र रुखहरु जोगाउनु पर्ने बताउनु भयो । बेथान्चोक गाँउपालिकामा रहेका सम्पूर्ण सामुदायिक बन, धार्मिक मठ मन्दिर र सडकको गुरुयोजना बनाउनु पर्ने बताउनु भएको थियो । गुरुयोजना बनाए पनि संघ, प्रदेश र स्थानीय सरकारले बजेट छुट्टयाउने हुमागाईले बताउनु भयो । उक्त ठाउँहरुलाई पर्यटकीय स्थान बनाई भ्यु टावर, मन्दिर सडक निर्माण गरी जडिबुटीहरुको संरक्षण गर्न समेत सहज हुने बताउनु भएको थियो । विकासमा यो वा त्यो पाटी नभनी सबै मिलि विकासका निमार्णमा लाग्नुपर्ने उहाँले बताउनु भएको थियो । कार्यक्रममा बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमवहादुर तिमल्सिना, डिभिजन बन कार्यालयका सहायक बन अधिकृत हेम बहादुर थापा, भु–संरक्षण अधिकृत मंगलप्रसाद जाग्री, पत्रकार बासुदेव अधिकारी, डिभिजन वन समन्वय समिति सदस्य तेज बहादुर केसी लागायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बन समुहको आर्थिक प्रतिबेदन कोषाध्यक्ष ईन्द्रबहादुर तिमल्सिना र वार्षिक प्रतिबेदन सचिब मुना श्रेष्ठले सभामा पेश गर्नु भएको थियो । 
    समुहको आव २०७५÷०७६ को ८ लाख ७३ हजार १ सय ६० र खर्च ८ लाख ३६ हजार ६ सय पचास रहेको बताएको छ । समुहको भावी योजना र कार्य प्रगती संस्थाका अध्यक्ष प्रेमप्रसाद श्रेष्ठले सभामा पेश गर्नु भएको थियो । कार्यक्रममा कालापानीमा पर्यटकीय क्षेत्र बनाउनको लागी भ्यु टावर र बनदेवीको मन्दिर निर्माणका लागी शिल्यान्यास समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पार्वती श्रेष्ठले राख्नु भएको थियो । साधारण सभाको सभापतित्व समुहका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।