धुलिखे/धुलिखेल न.पा.८ थाक्ले स्थित अरनिको राजमार्गमा धुलीखेलबाट पाँचखालतर्फ जादै गरेको ना ७ ख ३७६० नम्वरको डिजेल लोड गरेको ट्यांकर दुर्घटना भएको छ ।
ट्याकंर अनियन्त्रीत भई सडक बाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको थियो । चालक, सह चालक र पैदल यात्री समेत तीन जनालाई उपचारार्थ धुलीखेल अस्पतालमा ल्याई उपचार हुँदा हुदै ट्याकंरका चालक मकवानपुर जिल्ला थाहा नगरपालिका ५ घर भएका ३० बर्षिय राजकुमार लामाको उपचारको क्रममा धुलीखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले बताउनु भयो । सोहि ठेगाना घर भएका सहचालक २२ बर्षिय कन्चन लामाको नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पैदल यात्री बा.२ ख.६२५६ नम्बरको गाडीको सहचालक जिल्ला उदयपुर आपटार गा.पा.१ को शोभित बहादुर कटुवालको धुलीखेल अस्पतालमा उपचार भईरहेको डिएस्पी प्रहरी प्रवक्ता दिपक गिरीले बताउनु भयो ।





