धुलिखेल/सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७, सञ्जीवनी बजारमा रहेको नमूना सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्येश्यले २ थान डेक्सटप कम्प्यूटर वितरण गरेको छ ।
धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण गरेको उतm कार्यक्रमको प्रमुख आतिथ्यता ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा पूर्व प्राचार्य बेद प्रसाद कोजु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, सहायक प्राचार्य पवन प्रधान लगायत सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको ब्यवस्थापन धुलिखेल शाखाका बजार ब्यवस्थापक हरिकृष्ण दाहालले गर्नु भएको थियो ।
बैंकले देशभर १३९ स्थानबाट बंैकिङ सेवा र ७५ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ । काभ्रे जिल्लामा सबैभन्दा बढि ७ वटा शाखा कार्यालय साँगा, नाल्दुम नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट ग्राहाकबर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गरि बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत शिक्षा,स्वास्थ्य, बतावरण,सूचना प्रविधी लगायत थुप्रै कार्यक्रम सहयोग गर्दै आएको छ ।





