पनौती/गौरीशंकर ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनौती ७ काभ्रेको २१ औ बार्षिक साधारण सभा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष योगमाया आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुमागाईले महिलाहरुको सशक्तिकरण र आर्थिक समृद्धीका लागि गौरीशंकर ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले खेलेको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । प्रदेश सभाले समेत गौरीशकरले गरेको अभियानको उच्च मुल्याकंन गर्दै ९ लाख रुपैया सहयोग गरेको बताउँदै प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले मुलुकको विकासमा सहकारी मेरुदण्ड भएकाले सहकारीलाई अझैे समृद्ध बनाउन र शेयर सदस्यहरुको आय आर्जन गर्ने क्षमता बृद्धि गर्न थप सहयोग पु¥याउने बताउनुभयो । अध्यक्ष योगमाया आचार्यले सहकारीले जीवन निर्वाह, ब्यक्तित्व विकास, महिला शशक्तिकरणका बारेमा कार्य गरिहेको बताउनु भयो ।
कार्यक्रममा सहकारीले आर्थिक वर्षको अन्त्यमा शेयर पुँजी १ करोड ५३ लाख ३१ हजार ९ सय रुपैया कारोवार गरेको छ भने ६४ लाख ४३ हजार बचत, ५ करोड ७३ लाख ९ हजार ५ सय ४१ रुपैया ऋण लगानी गरेको छ । ८ करोड ९० लाख ८३ हजारको कारोवार गरेको सहकारीले ६ लाख ५६ हनार ९ सय ८२ रुपैया मुनाफा गरेको छ । २ हजार ४ सय ६० शेयर सदस्य, ३ सय ६० जना बाल सदस्य र ४ सय १५ जना दैनीक बचतकर्ता रहेको सहकारीको गतिविधिका बारेमा सचिव संगिता थापाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष भावना थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा समितिको प्रतिवेदन संयोजक लक्ष्मी हुमागाईले प्रस्तुत गर्नु भएको थियो ।
सभामा संविधान सभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिकाकी उपप्रमुख गिता बञ्जारा, पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिा, सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रताप ताम्राकार, सहकारी कर्मी चण्डेश्वरी ताम्राकार, समाजसेवी केदार आचार्य लगायतले सहकारीले खेलेको भूमिकाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, शेयर सदस्य, ऋणी लगायतलाई सम्मान गरिएको थियो । पनौती क्षेत्रको महिलाहरुद्धारा संचालित उत्कृष्ट सहकारीका रुपमा गौरीशंकरलाई लिईदै आएकोे छ ।





