बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ को आयोजनामा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्रविधिक सहयोगमा ओपीमा एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
शिबिरमा १सय ५७ जनाले आँखा जाँच गराएका थिए भने ११ जना मोतिविन्दु देखा परेको बताएको छ । मोतिविन्दुका विरामीहरुलाई निःशुल्क शल्यक्रिया गरिने वडा अध्यक्ष बलराम अधिकारीले बताउनु भयो । वडाले यस अधि पनि विभिन्न स्वास्थ्य शिबिर, पशु स्वास्थ्य शिबिर, माटो परिक्षण, कृषकलाई तरकारीको विउ वितरण लगाएतका कार्य गरेको समेत अध्यक्ष अधिकारीले बताउनु भयो । नगरलाई मोतिविन्दु मुक्त बानाउने अभियानमा वडाले उक्त शिबिरको आयोजना गरेको समेत अधिकारीले वताउनु भयो । त्यसैगरी वडाले सडक निमार्ण मात्र नभई वडाको धार्मिक, साँस्कृतिकको जर्गेना, कृषकहरुलाई तालिम, स्वास्थ्य, शिक्षा क्षेत्रमा समेत काम गर्दे आएको अधिकारीले वताउनु भएको थियो ।
बनेपा नगरपालिकाले बनेपा नगर क्षेत्र भित्रका बासिन्दाहरुको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आएको छ ।





