2026 April 21/ 09:39: 57pm

    बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको आयोजनामा सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहसँग सहकार्य र समन्वय विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    जिल्ला अध्यक्ष विधान जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले नेपालको नयाँ सहकारी ऐन, सहकारी क्षेत्रको विकास र सहकारीका बारेमा भएका अभ्यास, समस्या र समाधानका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहसँग समन्वय र सहकार्यका बारेमा बडालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संघीय संरचनामा स्थानीय तह र सहकारी संघ संस्थाबीचको समन्वय, समस्या र समाधानका उपायका बारेमा सहकरी विभागको पुर्व रजिस्टार विष्णु घिमीरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
    कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सहकारी अभियानका अभियान्ताहरुको सहभागिता रहेको थियो । बहुउद्देश्यीय संघले जिल्लामा सहकारी सम्वन्धी विभिन्न गतिविधिहरु गर्दै आएको छ ।