धुलिखेल/डिसेम्वर १० मा मनाईने मानवअधिकार दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयको आयोजनामा डिसेम्वर ११ र १२ मा अन्र्तराष्ट्रिय सम्मेलन हुने भएको छ । अन्र्तराष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएको हो ।
विश्वविद्यालयको कानुन संकायले ब्यवस्थापन गर्ने उक्त सम्मेलनमा १५÷१६ देशका विज्ञहरुले मानवअधिकारका क्षेत्रमा भएका कार्यहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । विशेषगरी २०३० सम्मका लागि पुरा गर्नु पर्न दिगो विकास लक्ष्यसँग सम्वन्धीत विषयमा कार्यपत्र प्रस्तुत हुनेछ भने मानवअधिकारसँग शुसासन, शान्ति प्रकृयाका बाँकी कार्यहरु, सूचना प्रविधिको प्रयोगमा मानवअधिकारका विषयमा छलफल हुनेछ । पत्रकार सम्मेलनमा विश्वविद्यालयका पुर्व प्राध्यापक कानुनविद् सुर्य ढुङ्गेल, प्राध्यापक मनिष पोखरेल, स्कुल अफ लका डिनका ऋषिकेश वाग्ले लगायतले मानवअधिकारका नयाँ विषय र अन्तराष्ट्रिय अभ्यासका बारेमा सम्मेलनमा छलफल हुनेछ ।
नेपालमा हुने सम्मेलन १० औं हो । यसअघि नवौ सम्मेलन अष्ट्रेलियाको वेस्टन सिटी युनिभर्सिटीमा सम्पन्न भएको थियो । प्रविधिमा भएको नयाँ नयाँ प्रयोग र उच्च शिक्षामा भएको प्रयोगमा मानवअधिकारको संरक्षण र प्रयोगका बारेमा छलफल हुने कानुनविद् सुर्य ढुंगलले जानकारी दिनुभयो । शैक्षिक संस्थाहरुबाट मानवअधिकार मैत्री बनाउन पहल गर्ने उहाँले बताउनु भयो । जब जब नयाँ टेक्नोलोजीको क्रियसन हुन्छ तब सबै नागरिकले प्रयोग गर्ने अधिकारको संरक्षण गर्नुपर्ने डिन ऋषिकेश वाग्लेले बताउनु भयो ।





