2026 April 21/ 08:46: 37pm

   साँगा/सदाज्योति बचत तथा ऋण सहकारी संस्था, साँगाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 
   बनेपा स्थित रेयूकाई एशुमासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा बनेपा नगरपालिका, १३ र सूर्यबिनायक नगरपालिका–१० मा पर्ने साँगा बजार, खाल्चोक, नेवारटोल, खड्का गाँउ, भंगाल, भैसेपाटी, लापुली तथा मगर गाँउका बासिन्दाहरु लाभान्वित भएका छन् । 
शिविरमा ४ सयले आँखा परीक्षण गर्नुभएको थियो । ९० वर्षका बृद्ध बृद्धा देखि स्थानीय विद्यालयका विद्यार्थीले समेत लाभ लिएका थिए । परीक्षणबाट केही मोतियाबिन्दुको अप्रेशन समेत गर्नुपर्ने चिकित्सकले बताएका छन् । आर्थिक रुपले अशक्त बिरामीको शल्यक्रियाका लागि संस्थाले सहयोग पु¥याउने भएको छ । शिविरको उद्घाटन संस्थाका अध्यक्ष अंगत खड्काले गर्नुभएको थियो । उहाँले आगामी केही दिनमा काँक्राबारीमा पनि शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।