बनेपा/आवर स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सातौं वार्षिक साधारण सभाबाट पुनः रत्नकुश रंजितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा ठाकुरप्रसाद बजगाई, सचिव दिपेश रंजित, कोषाध्यक्ष सर्जुकुमार रंजित सदस्यहरुमा रामकुमार श्रेष्ठ, रुविना मैक श्रेष्ठ, दिनेश मानन्धर रहनु भएको छ । लेखा तथा सुपरिबेक्षण समितिको संयोजक सुदिना रंजित, सदस्यमा राजेश रंजित र प्रय श्रेष्ठ रहनु भएको छ । साधारण सभाको उद्घाटन बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । बादेले सहकारीहरुले सहकारीको नियम र सिद्धान्त अनुरुप सञ्चालन हुनु पर्ने बताउनु भएको छ । १३ वटा स्थानिय तह मध्ये धेरै सहकारीहरु बनेपामा रहेकाले केहि सहकारीहरुका बारेमा केहि हल्ला चलेकाले सहकारीहरुको नगरपालिकाले अनुगमन गर्ने बताउनु भयो । नगरपालिकाले सहकारी ऐन जारी गरीसकेको र कार्यविधि चाडै बनाउने बादेले बताउनु भएको थियो । सहकारीहरुले आर्थिक कारोबार मात्र नगरी सामाजिक कार्यमा लागी नगरमा विकास निमार्णमा समेत हातोमालो गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, काभ्रे उद्योग बाणिज्य सघंका अध्यक्ष प्रकाश मानन्धर, बनेपा नपाका पुर्व प्रमुख डा सुरेन्द्र बहादुर बादे श्रेष्ठ, बनेपा नगरपालिकाका प्रशासकिय प्रमुख भोजराज घिमिरे लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब दीपेश रंजित आर्थिक प्रतिबेदन कोषाध्यक्ष सर्जुकुमार रंजित र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सुदिना रंजितले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुंजी ८० लाख ५९ हजार, बचत संकलन ९ करोड १८ लाख ६८ हजार, ऋण लगानी ८ करोड २ लाख ६ हजार रहेको छ । सस्थाका अध्यक्ष रत्नकुश रजिंतले सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको लागी सहकारीको सिद्धान्त र भावनालाई आत्मसाथ गरी अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा सामाजिक ब्यत्तित्व पुर्व मेयर डा. सुरेन्द्र बहादुर बादे श्रेष्ठ, पत्रकार राष्ट्रिय समाचार समिती काभ्रेका प्रमुख राजकुमार पराजुली, जेष्ठ सदस्य लगायतलाई कदर पत्र र नगद सहित सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाले उत्कृष्ट सदस्य, बचतकर्ता, ऋणी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ठाकुर प्रसाद बजगाईले राख्नु भएको थियो भने संचालन सदस्य रुविना मकै श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रत्नकुश रजिंतको सभापतित्वमा सम्पन्न भएको थियो ।





