2026 April 21/ 08:47: 54pm

    बनेपा/ज्योती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा सहकारीकर्मी पूर्व राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष दिपक बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    सभामा बोल्दै बाँस्कोटाले सहकारीहरुले सामान्य नागरीक समेतको आयस्तर उकास्नका लागी सहयोग पुगेको बताउनु भयो । सहकारी अभियन्ताले पनि निरन्तर सहकारीहरुका बारेमा लागेकाले जनताले पनि सहकारीको महत्वका बारेमा बुझेकाले सहकारी सञ्चालनमा समेत सहयोग पुगेको उहाँले बताउनु भयो । राज्यलाई समेत सहकारीहरुले आर्थिक क्षेत्रमा टेवा पु¥याएको भन्दै राज्यले सहकारीहरुलाई छिटै नीति र कार्याविधि बनाई कार्यन्वयनमा ल्याउन सरकारलाई सुझाब दिनुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द दाहालले सामाजिक कार्य, सहकारी शिक्षा सम्बन्धी कार्यक्रम, संचालकलाई कार्य विभाजन, सदस्यता विस्तार, जेष्ठ सदस्य सम्मान, विभिन्न श्रष्टा सम्मान, सदस्य मृत्यु राहत, शैक्षिक पुरस्कार, संस्थाको आगामी पौष महिनाबाट आफ्नै भवनबाट ब्यबस्थित कार्यलय सञ्चालन गर्ने, संस्थामा सदस्य ३ हजार ४ सय ११ रहेको लगायतका कार्यहरु गर्दे आएको बताउनु भयो । सभामा संस्थाको वार्षिक प्रतिबेदन खिलप्रसाद घिमिरे, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुजाता थापा र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक मुक्तिनाथ तौजलेले पेश गर्नुभएको थियो । 
    संस्थाको शेयर पुंजी ४ करोड २ लाख ६४ हजार, कुल कारेबार ९३ करोड १ लाख ६७ हजार २ सय, बचत संकलन ८० करोड १ लाख २६ हजार, ऋण लगानी ८० करोड ३५ लाख ८६ हजार रहेको जनाएको छ । कार्यक्रममा जेष्ठ सदस्यहरु, उत्कृष्ट बचत कर्ता, ऋणी, कक्षा १२ मा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरीएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मुकुन्द दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।