पनौती/सामुदायिक साकोस पनौतीको २५ आंै बार्षिक साधारण सभा प्रदेश सभा सदस्य चन्द्र लामाको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सांसद लामाले सहकारी मार्फत मुलुकको विकासमा सहयोग पुगेको बताउनु भयो । सामुदायिक साकोसले जिल्ला भर दिएको सेवाले मुलुक निर्माणमा सहयोग पुगेको प्रदेश सभा सदस्य लामाले बताउनु भयो । सामुदायिक साकोसले पनौतीको १,२ र ३ नम्वर वडाका सदस्यहरुको लाागि कुशादेवीमा साधारण सभा आयोजना गरेको थियो भने वडा नम्वर ४,५,६,७ र ८ का लागि मुख्य कार्यालय पनौतीमा सभा आयोजना गरिएको थियो । पनौती ९,१० र ११ का लागि खोपासीमा साधारण सभा आयोजना गरिएको थियो भने पनौती १२ का लागि भुमेडाँडामा सभा आयोजना गरिएको थियो । बनेपा, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल गाउँपालिकाका सदस्यहरुका लागि बनेपामा सभाको आयोजना गरिएको थियो । बेथान्चोक गाउँपालिकाको सभामा बेथान्चोकमै आयोजना गरिएको थियो ।
सभामा सचिव मुुकुन्द शर्माको बार्गिाक प्रतिवेदन, कोषाध्यक्ष प्रताप ताम्राकारको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, नेफ्सकुनका नेफ्सकुनका संचालक उद्धव सापकोटा, कार्यकारी प्रमु्ख शिवजी सापकोटा लगायतले संस्थाको सभामा शुभकामना दिएका थिए । संस्थाको असोज मसान्तसम्मको कारोवारका बारेमा प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी गराउनु भएको थियो । संस्थाले २३ हजार २ सय २६ शेयर सदस्यबाट १९ करोड २४ लाख ४२ हजार शेयर रकम संकलन गरेको छ । जगेडाकोषमा १५ करोड ४१ लाख ६६ हजार रहेको उक्त संस्थाको अन्य कोषहरुमा ६ करोड ४० लाख १४ हजार बचत रहेको छ । १ अर्ब ४० करोड ९४ लाख २९ हजार बचत संकलन गरेको सहकारीले १ अर्ब ५० करोड ४४ लाख ९३ हजार रुपैया ऋण लगानी गरेको छ । १ अर्ब ९३ करोड ८२ लाख ३६ हजारको वासलात रहेको सहकारीले २३ करोड ९० लाख ३७ हजार आम्दानी गरेको छ ।
कुशादेवीमा संविधान सभा सदस्य रामहरी सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । बेथान्चोकमा आयोजित सभामा बेथानचोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने प्रमुख अतिथि रहनु भएको थियो । खोपासीमा आयोजित पनौती वडा नम्बर १० का वडाध्यक्ष मोहनबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको छ । बनेपामा आयोजित सभामा बनेपा नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । पनौती १२ भूमिडाँडामा वडाध्यक्ष ईश्वर जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाको २५ औं वार्षिक साधारण सभामा प्रस्तुत सम्पूर्ण एजेण्डाहरु सर्वसम्मत पारित गर्दै ८ सहकारी संस्था एकिकृत भई सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि.को नामबाट सञ्चालन हुने निर्णयका भएको छ । सभामा प्रदेश नम्वर ३ का विकास परिषद् सदस्य कुमार थापा, पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, पनौती नगरपालिका सहकारी विभाग प्रमुख ईन्द्रप्रसाद अधिकारी लगायतले मन्तब्य राखेका थिए । बन्दसत्रमा संरक्षक प्रताप ताम्राकार र पार्वती हेल्जूबाट सहयोग प्राप्त नवदुर्गा भवानी आशिर्वाद सहयोग कोषबाट संस्थाले बिपन्नहरु मध्ये ७ जना सदस्यहरुलाई जनही ३ हजारको दरले बिपन्न सदस्य सहयोग रकम बितरण गरिएको थियो । एकीकरण भएका संस्थाहरु सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखाल, मिलिजुली नारीचेतना बचत तथा ऋण सहकारी संस्था लि., बेथानचोक ५, मदनबास, लड्केश्वर नारीचेतना वचत तथा ऋण सहकारी संस्था लि., पनौती ११, बल्थली, जनजीवन वचत तथा ऋण सहकारी संस्था लि., पनौती २, कुशादेवी गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि., पनौती ११, बल्थली, गोठाला गणेश वचत तथा ऋण सहकारी संस्था लि., पनौती ६, नमोबुद्ध रोड, श्री चम्पादेवी साना किसान कृषि सहकारी संस्था लि., पनौती २, कुशादेवी, गाउँले वचत तथा ऋण सहकारी संस्था लि., बनेपा ७, गोदामचोक रहेका छन् । २५ औं वार्षिक साधारण सभाले सदस्यको प्राकृतिक मृत्यू हुँदा रु. २५ हजार र दुर्घटनाका कारण मृत्यू भएमा रु. ५० हजारसम्म राहत उपलब्ध गराउने र सदस्यको परिवारमा मृत्यू हुँदा रु. ५ हजार देखि १० हजार सम्म राहत उपलब्ध गराउने गरी नीति पारित गरेको छ । सदस्यमैत्री निर्णयहरु गर्ने क्रममा यस पटकदेखि संस्थाले कारोबारको आधारमा सदस्यहरुलाई संरक्षित पूँजि फिर्ता कोषको रकम वितरण गर्न शुरुवात गरेको छ । संस्थाका सदस्यहरुमध्ये संरक्षित पूँजि फिर्ता कोष सञ्चालन नीति बमोजिम कोषबाट २०८० जना असल ऋणी तथा वचतकर्ताहरुलाई रु. २० लाख रकम वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । उक्त सदस्यहरु मध्ये प्रत्येक क्षेत्रको साधारण सभामा २/२ जनाको दरले संस्थाले सभामा सम्मान गरेको थियो ।





