धुलिखेल/विपी राजमार्गको भकुण्डेबेशी हुँदै धुलिखेल बालुवा बोकेर आउँदै गरेको टिपर दुर्घटना भएको छ । धुलिखेल नगरपालिका ११ पात्लेखेत स्थित विपी राजमार्गमा आफै अनियन्त्रित भई सडकबाट झण्डै १ सय मिटर तल खसेको उक्त टिपरका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी दिपक गिरीले जानकारी दिनुभयो ।
बा ४ ख ९४८५ नम्वरको बालुवा बोकेको टिपरका चालक सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्वर ११ घर भएका २४ बर्षिय गणेशकुमार कार्कीको निधन भएको बताईएको छ । दुर्घटनाबाट अन्य क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।





