बनेपा/आदर्श विद्या मन्दिर स्कूल बनेपामा अध्ययनरत विद्यार्थीहरुको बाल क्लब आर्दश बाल क्लवले पनौतीमा रहेका रियल नेपाल नामको सामाजिक संस्थाको संरक्षण रहेका दृष्टिविहिन बालबालिकाहरुका लागि ब्रेन लिपि प्रदान गर्ने उद्देश्य सहित देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
तिहार पर्व विशेष धर्म संस्कृति संस्कारको बदलिदो समय अनुसार कुरिति, लागु औषध दुब्र्यसनी, बाल श्रमिक , भ्रष्टाचार जस्ता समस्याहरुको अन्त्य र नविनतम शिक्षा, स्वास्थय, रोजगारी, बाल मैत्री समाज निमार्ण गर्न प्रोत्साहन गर्ने खालको वाक्यहरु बनाई परम्परागत स्थानीय भेषभुषामा सजिएर करिब ७५ जना विद्यार्थीहरु सहभागि भई देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियो । कक्षा ८, ९ र १० का विद्यार्थी र ५ जना शिक्षक शिक्षिकाहरुको समुहले स्थानीय समाजसेवी वडा अध्यक्ष शिवकुमार थापाको टोलहरुमा पुगी देउसी भैलो खेलेको थियो । देउसी भैलोबाट संकलित करिब १ लाख रकम बाल क्लबको बैठक बसी हस्तान्रण गरिने छ । बालबालिकाहरुले अध्ययनका अलावा सामाजिक उत्तरदायित्व बोध गरी गरिएको सामाजिक कार्यको विद्यालय ब्यवस्थापन समितिले धन्यवाद दिएको छ भने विद्यार्थीहरुले गरेका कार्यबाट बनेपा क्षेत्रमा नमुना कार्य भएको भन्दै स्थानीयहरुले प्रसंंशा गरेको विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।





