2026 April 21/ 09:18: 22pm

    बनेपा/आदर्श विद्या मन्दिर स्कूल बनेपामा कक्षा नर्सरी देखी २ सम्म अध्ययन गर्ने बालबालिकाहरुको लागि फेशन शो आयोजना गरिएको छ । 
    बालबालिकाहरु भित्र रहेको अन्तर निहित प्रतिभालाई प्रस्फुटन गर्न र बालबालिहरुहलाई समुहमा बस्न, आफ्ना भविष्यको लक्ष्य बताउन, बोल्ने कला तथा नर्भिक भई आफ्ना भनाई तर्क बिचार माइकबाट बोल्न र साथी साथीहरु विच दशंै तिहार पर्वहरुमा गरिएका र गरिने क्रियाकलापहरुको अनुभव आदान प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनु भयो । करिब १ सय ५० बालबालिकाहरुले फेशन शो मा भाग लिई प्रतिभाहरु प्रस्तुत गरेका थिए ।