बनेपा/राष्ट्रिय महिला आयोगले बनेपा, धुलिखेल, पनौती, बनेपा, पाँचखाल, मण्डन देउपुर नगरपालिका भित्र रहेका महिला सहकारी, आमा समुह तथा अन्य संघ संस्थामा आवद्ध महिलाहरुको चेतना अभिबृद्धि र सशक्तिकरण कार्यक्रमका विषयमा अन्र्तक्रिया गरेको छ ।
बनेपा नगरपालिकाकी उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर उपप्रमुख रेखा सापकोटा दाहालले महिलाहरुको हक हित र सशक्तिकरणका लागि बजेट विनियोजन गरी सशक्तिकरण अभियान नै चलाएको बताउनु भयो । तीज विशेष कार्यक्रममा महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम, महिलाहरुको क्षमता बृद्धिका लागि तालिम जस्ता महत्वपूर्ण कार्यक्रमहरु नगरपालिकाकै कार्यक्रम भित्र राखेर गरिएको उपप्रमुख सापकोटाले बताउनु भयो । कार्यक्रममा महिला आयोगकी उपसचिव मिरा शेरचन, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, आयोगको महिला विकास अधिकृत ममता विष्ट, अनन्त घिमिरे, सामाजिक विकास अधिकृत चिरञ्जिवी अर्याल, बनेपा नगरपालिका महिला विकास शाखाकी निर्मला कार्की लगायतले महिलाहरुको सशक्तिकरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा महिलाहरुको अवस्था कस्तो छ ? स्थानीय सरकारले बजेट विनियोजन र कार्यक्रम समावेश गर्ने विषयमा कस्तो अवस्था छ ? नगरपालिका तथा स्थानीय सरकारका गतिविधिहरुमा कस्तो सहभागिता छ ? भन्ने विषयमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरिएको थियो । स्थानीय सरकारको सक्रियता पछि महिलासँग सम्वन्धित कार्यक्रमहरु धेरै हुन थाले पछि आत्महत्या, जर्बजस्ति करणी र घरेलु हिंसाका घटनामा कमि आएको सहभागीहरुले बताएका थिए ।





