धुलिखेल/रोटरी क्लब अफ धुलिखेल, आई.ई.डी नेपाल र धुलिखेल उद्योग बाणिज्य संघको सहकार्यमा धुलिखेलमा आधुनिक सिलाई केन्द्रको स्थापना भएको छ ।
रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा स्थापन भएको सिलाई केन्द्रमा स्यानिटेरी प्याडको तालिम तथा १ लाख ५ हजार स्यानिटेरी प्याड उत्पादन गरिनेछ । करिब ३० जना महिलाहरुलाई तालिम र रोगजारी दिने केन्द्रको रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर किरण लाल श्रेष्ठ , रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष विष्णु प्रसाद सापकोटा र धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले संयुक्त रुपमा गरेका थिए । यस अघि धुलिखेल रोटरीले आँखा अस्पताल बनेपालाई एक कार्यक्रमका बीच २ लाख रुपैया हस्तान्तरण गरेको थियो । रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष विष्णुप्रसाद सापकोटाले अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।





