2026 April 21/ 07:52: 01pm

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई दिक्षान्त समारोहको आयोजना गरी विदाई गरेको छ । कक्षा १२ उत्तीर्ण गरेका १ सय २५ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको हो ।  
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य, सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल, शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेका थियो । कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । निर्देशक वैद्यले प्रतिष्ठानले शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०७६ मा पनि  विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकासका लागि पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता गरे । राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा समावेश भई कलेज प्रथम एक छात्र र एक छात्रालाई वी.वी.एस. कार्यक्रममा १०० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने जानकारी गरे । ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीबनशैली सँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारिक शिक्षाका लागी ज्ञानकुञ्ज सदैब लागी रहने वाचा गरे । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा ११ औँ राष्ट्रपती रनिङ्ग सिल्ड २०७५ छात्रा भलिवल विजेता खेलाडीहरु, प्रशिक्षक जितेन्द्र श्रेष्ठ, एम.वी.एस. जिल्ला प्रथम विद्यार्थी विनय जसपाउलाई सम्मानित गरेका थिए । कलेजका सहायक कलेज प्रमुख नवराज चौलागाइले दिक्षित विद्यार्थीहरुलाई करियर काउन्सेलिङ्ग सम्बन्धी विभिन्न किसिमका प्रस्तुतीहरु दिएका थिए ।