धुलिखेल/विपद पछिको पत्रकारिता विषयक अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार महिलाको आयोेजनामा धुलिखेलमा भएको कार्यक्रम केन्द्रिय अध्यक्ष अम्बिका राजथलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, खानीखोला गाउँपालिका उपाध्यक्ष रुकमणी गुरुङ्ग, प्रेस चौतारीका उप महासचिव हिरामान लामा, केन्द्रिय लेखा समिति सदस्य नवराज बजगाई, जिल्ला अध्यक्ष भुवन रायमभाmी, तामाङ पत्रकार समुहका अध्यक्ष जगत तामाङ, पत्रकार रमा दाहाल तथा अन्य कृयाशिल पत्रकारहरुले विपद पछिको पत्रकारितामा आफु बचेर रिपोर्टिङ्ग गर्ने विषयमा ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा कृयाशिल पत्रकार महिलाका अध्यक्ष सरस्वती श्रेष्ठले सहजिकरण गरेकी थिईन् । सहभागिहरुले विपदमा भोगेका अनुभुतिहरु प्रस्तुत गरेका थिए ।





