2026 April 21/ 07:52: 01pm

    बनेपा/बनेपामा जट्रोफ बहुउदेश्यिय सहकारी संस्था लिमिटेडको कार्यालय स्थापना गरिएको छ । जट्रोफ नविकरणीय उर्जा तथा तेलजन्य पदार्थ उत्पादनका लागि २०६८ सालमा स्थापना गरिएको सहकारीलाई बहुउद्देश्यियका रुपमा शुभारम्भ गरिएको थियो ।
    ग्रामिण भेगमा सजिवनका रुपमा चिनिने जट्रोफको खेतिबाट बायो डिजेल उत्पादन गर्ने लक्ष्य राखिएको छ । कृषकलाई ब्यवसायीक खेति गर्ने प्रेरणा दिने र सडकको दायाँबायाँको भागमा त्यहि क्षेत्रका नागरिकलाई सजिवन खेति गर्न लगाउने उदेश्यले कार्यक्रम तय भएको अध्यक्ष राजकुमार कुँवरले बताए । ‘यसको खेति सहज छ, सडकको दायाँबायाँ बाँकी रहेको जमिनमा लगाउँदा सडकको हरियाली, सजावट तथा उत्पादनमा  सहजता हुनेछ’–अध्यक्ष कुँवरले भने–‘यो घाँस बाख्राले पनि नखाने भएकाले जोगिन्छ र यसबाट फल्ने गेडालाई संकलन गरी बायोडिजेल उत्पादन गरिन्छ ।’ दाङ्ग लगायतका जिल्लामा यसको ब्यवसायिक खेति भईरहेको छ भने अध्यक्ष कुँवरले २०६८ साल देखि नै यसको खेति शुरु गरेका छन् । गाउँघरमा सजिवनको तेललाई निमको तेल पनि भनिन्छ । यो विभिन्न प्रयोजनमा आउने गरेकोे थियो ।
    सहकारीको उद्घाटन कार्यक्रममा समाजसेवी जेपी दाहाल, राष्ट्रिय बाणिज्य बैक बनेपाका प्रवन्धक दिनेश वान्तवा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका मोतीराम तिमल्सिना, संस्थाका उपाध्यक्ष पुष्पराज मैनाली, सचिव केशव बास्कोटा लगायतले जट्रोफको ब्यवसायीक खेतिका लागि स्थानीय सरकारसँग साझेदारी आवश्यक रहेको बताएका थिए । दैनिक युवाहरु विदेशिने क्रम जारी रहेकाले युवाहरुलाई विदेश जानबाट रोक्न यसको ब्यवसायीक खेतिमा जोड दिनु पर्ने बताए । सहकारीले जिल्ला हुँदै प्रदेश स्तरमा सदस्यता विस्तार गर्ने र कृषकहरुलाई त्यस तर्फ आर्कषण गर्ने बताए ।