बनेपा/काभ्रे बनेपा लियो क्लवको ३५ औ, काभ्रे बनेपा लायन्स क्लवको ४२ र बनेपा लियो क्लवको १९ औ पदस्थापन समारोह पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा आईतबार सम्पन्न भएको छ ।
सोहि अवसरमा लियो, लायन्सको सदस्यता लिएका सदस्यहरुलाई सपथका साथै पिन र लोगो वितरण गरिएको थियो । कार्यक्रममा गर्भनर शोभा जोशी, पुर्व गर्भनर सुर्दशन प्रधानाङ्ग, लायन्स क्लव तथा लियो क्लवका विभिन्न तहका ब्यक्तिहरुले सामाजिक अभियान र त्यसको महत्वका बारेमा मन्तब्य राखेका थिए । अध्यक्ष भवसागर रञ्जितको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।





