2026 April 21/ 07:51: 40pm

    भकुण्डे/रेयुकाई मासुनागा आँखा अस्पतालको नमोबुद्ध नगरपालिकामा रहेका आईक्याम्प सेन्टरमा ५४ जनाको निशुल्क शल्यक्रिया गरिएको छ ।
    नगरपालिका र आँखा अस्पताल बीच भएको सम्झौता अनुसार अस्पतालले नगरपालिकाका विभिन्न ५ स्थानमा गरेको आँखा शिविरमा सहभागि भई मोतियाविन्दु देखा परेका विरामीहरुलाई आईतबार निशुल्क शल्यक्रिया गरिएको हो । अस्पतालका डा. प्रज्ञ लुईटेलले विरामीहरुको शल्यक्रिय गरेको अस्पतालका सचिव हिरामणी शर्माले जानकारी दिए । शल्यक्रिया गर्नु पुर्व आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, अस्पतालका सचिव हिरामणी शर्मा, डा. प्रज्ञ लुईटेल लगायतले निशुल्क सेवा, आँखाको सुरक्षाका बारेमा बताएका थिए ।
    जिल्लाका विभिन्न स्थानीय सरकारसँग समन्वय गरी आँखा अस्पतालले नागरिकहरुको निशुल्क शल्यक्रिया गरिरहेको छ ।