2026 April 21/ 07:51: 40pm

बनेपा/ज्यासननी टोल सुधार समिति तथा ज्यासननी टोलबासीद्वारा संयुक्त गाईजात्रा निकालिएको छ ।
२०७६ सालको गाईजात्रा कार्यक्रममा टोलबासीहरुको स्वत स्र्फुतरुपमा सहभागी भई विभिन्न क्षेत्रबाट सहभागि रहेको थियो । बनेपामा लोप हुन लागेको गाईजात्रा पर्वलाई ज्यासननी टोलले जिवन्त तुल्याउने कोशिस गरेको र नेवाको संस्कृति जोगाउनका लागी संयुक्त गाईजात्राको आयोजना गरिएको ज्यासननी टोलसुधार समितिका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिए । यस वर्ष टोल बाट ५ जनाको मृत्यु भएको र मृतकहरुको नामामा संयुक्त रुपमा गाईजात्रा निकाली आफ्नो कला संस्कृति अनुसार जात्राको समेत संरक्षण, खर्चमा कमि, टोल बासीहरुको भेटघाट हुने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको बताएको छ । उक्त कार्यलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिदै जाने बताएको छ ।