2026 April 21/ 07:53: 22pm

नाला/नारी जागरण बचत तथा ऋण सहकारी संस्था लिको २१ औं वार्षिक साधारण सभा नारी चेतना नेपालकी केन्द्रिय अध्यक्ष श्रृजना पौड्यालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पौड्यालले महिलाहरु सक्रिय भएर सञ्चालन गरेको सहकारी बनेपा क्षेत्रकै नमुना भएको बताईन् । उक्त सहकारीले महिला दिदिबहिनीहरुले थोरै रकम संकल गरी बचत गर्दे आफुलाई खर्च गर्न अन्य ब्यक्ति सगं सहारा लिनु नपरेको समेत बताईन् । सहकारीले महिलाहरुको क्षमता अभिबृद्धि, विभिन्न विषयमा तालिम प्रदान, स्वास्थ्य सेवा सिपमुलक तालिम प्रदान गरेकोमा संस्थालाई धन्यबाद दिएकी थिईन् । समय अनुसार महिला दिदिबहिनीहरु पनि परिबर्तन हुन सक्नु पर्ने आरक्षणमा मात्र नभई आफ्नो क्षमताले पनि काम गर्नु पर्ने पौड्यालले बताईन् । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले नाला भेगकै जेठो सहकारी भएकाले महिलाहरुलाई सशक्त बनाई उद्यमशिलता मार्फत राष्ट्रको कुल ग्राहास्र्थ आय बृद्धि गर्न अगाडी बढेको बताईन् । महिला वर्गबाट खेर गैइरहेका स्थानिय सामाग्रीहरुको बढी भन्दा बढी प्रयोग गरी विदेश जान बाध्य युवालाई स्वदेशमा नै कसरी स्वरोजगार सिर्जन गर्ने भन्ने उदेश्यका साथ सहकारी अगाडी बढेको श्रेष्ठले बताईन् । संस्थाले सदस्यहरुको क्षमता विकासका लागी अर्गानिक कृषक समुह, लप्सी क्याण्डी समुह, धुप निमार्ण ,कुखुरा पालन, क्रिष्टलका सामाग्री, खोष्टाको फुल÷बुकेहरु, सिलाई, आलुचिप्स लगाएतका उद्यम शिलता विकास गर्ने समहु निर्माण गरी तिनै समुह मध्ये उत्कृष्ट ब्यक्तिलाई आय आर्जनका आधारमा पुरस्कृत गर्ने समेत सस्थाले शुरु गरेको बताईन् । संस्थाले केबल बचत तथा ऋण मात्र नभएर मानवीय संबेदनका कार्यमा समेत सहभागी भई समाजमा पर्न सक्ने अप्ठेरो दुःखमा समेत साथ दिदै आएको श्रेष्ठले सभामा जानकारी दिईन् । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन ब्यबस्थापक शर्मिला दाहालले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष गंगादेवी श्रेष्ठले सभामा पेश गरेकी थिईन् । संस्थाको सदस्य सख्या १ हजार २ सय ५, ऋण लगानी ८ करोड ५२ लाख ८२ हजार ५ सय ६२, निक्षेप संकलन ६ करोड ४४ लाख ६० हजार, शेयर पुँजी १ करोड १७ लाख ९८ हजार १ सय, आम्दानी १ करोड ५ लाख ६३ हजार २ सय ८५, खर्च १ करोड ३ लाख ६६ हजार ९ सय र , कुल सम्पत्ती तथा दायित्व ९ करोड ८ लाख ६८ हजार ६ यस ३८ रहेको जनाएको छ । कार्यक्रममा संस्थाको लेखा तथा सुपरीबेक्षण समितीको प्रतिबेदन संयोजक शुभद्रा अधिकारीले पेश गरेकी थिईन् । कार्यक्रममा बनेपा नगरपालिका कार्यपालिका सदस्य ज्योती बोगटी, काभ्रे पलाञ्चोक जिल्ला बचत संघकी उपाध्यक्ष तिर्थमाया प्रधान, जिल्ला सहकारी सघं लिका सञ्चालक सदस्य राधिकार घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महासघंकी अध्यक्ष सुवाषना श्रेष्ठ, डाईनमिक युवा साकोसका अध्यक्ष माधब सिग्देल नाला कृषि बजारका अध्यक्ष लक्ष्मण दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट बचत कर्ता, ऋणी, एसईईमा उत्तिर्ण बाल सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठको सभापतित्वमा र सचिब देवकी दाहालले सञ्चालन गरेकी थिईन् ।