बनेपा/काभ्रे माध्यामिक विद्यालय बनेपाको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हाजिरीजवाफ प्रतियोगितामा सेन्टलम एल्बम एकेडेमी प्रथम भएको छ । उक्त विद्यालयबाट प्रतियोगितामा अभय सिंखडा, रेश्मा महत र स्वस्तिका श्रेष्ठ सहभागी थिए । यस्तै क्षितिज इङ्गलिस बोडिङ्ग दोस्रो भएको छ भने सिद्धार्थ मावि तेस्रो भएको छ । क्षितिज माविबाट दियाना पौडेल, प्रज्ञा श्रेष्ठ र नविन सिवाकोटीले प्रतियोगितामा सहभागिता जनाएका थिए । तेस्रो भएको सिद्धार्थ माविबाट अभिशेक सापकोटा, विनिता थापा र कल्याण सुवाल प्रतियोगितामा सहभागी थिए ।
हाजिरीजवाफ प्रतियोगितामा जिल्लाका २५ वटा संस्थागत विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक सिताराम तिवारीलेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई कार्यक्रमका प्रमुख अतिथी तथा काभ्रे माविका प्राचार्य कुमार मानन्धरले पुरस्कार वितरण गरेका थिए भने सह प्राचार्य केशव श्रेष्ठ, विकास श्रेष्ठले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । कार्यक्रम सन्चालन उद्धव लुइँटेलले गरेका थिए ।





