2026 April 21/ 08:46: 41pm

बनेपा/नेपाल बचत तथा ऋण सहकारी सघं लि(नेफ्स्कुन)को ३२ आंै स्थापना दिवस भुमि ब्यबस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयका सचिब गोपिनाथ मैनालीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै मैनालीले सहकारीको ऐन आएकाले सबै सहकारीहरु एने कानुन अनुसार सञ्चालन हुनस पर्ने बताए । सहकारीहरुले लिने ब्याज समेत तोकीएकाले सोही अनुसार गर्न मात्र सहकारीहरुलाई सचेत गराएका थिए । सहकारीका नाममा बिृकृती समेत आएकाले सरकाले कडाईका साथ लागु गर्ने र अटेर गर्ने सहकारीहरुलाई कार्वाह गर्ने चेतावनी समेत दिएका थिए । सहकारीहरुले जनताहरुलाई सेवा पनि दिएकालाई सहकारीको भावना अनुसार सञ्चालन गर्न आग्रह गरेका थिए । प्रदेश ३ को कार्यलय बनेपामा स्थापना भई सञ्चालनमा आएकाले धन्यबाद समेत दिए । कार्यक्रममा प्रदेश ३ कार्यलय ब्यबस्थापन समितीका संयोजक तथा नेफ्स्कुनका केन्द्रिय सदस्य एवं कार्यक्रमका सभापति उद्धब सापकोटाले सहकारीमा आबद्ध सहकारीहरुले बैकमा भन्दा नेफ्स्कुनमा कारोबार गर्न आग्रह गरेका थिए । सहकारीको समस्या सहकारीले र्ने बुझने भएको हँुदा सबै सहकारीलाई आग्रह गरेका थिए ।कार्यक्रममा केन्द्रिय अध्यक्ष डि.वि बस्नेत, जिल्ला बचत सघंका अध्यक्ष रामहरी केसी, नेफ्स्कुनका पुर्व लेखा समिती संयोजक दिपक थापा लगाएतका ब्यक्तिले शुभकामना मन्तबय राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य ब्यबस्थापन समिती सदस्य अमन पोटेले राखेका थिए ।