2026 August 20/ 08:29: 32pm

पनौती/काभ्रे ईङ्गलिस स्कुल पनौतीमा काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्स धुलिखेलको प्राविधिक सहयोगमा प्ले ग्रुप देखी कक्षा १२ सम्मका विद्यार्थीहरुको पूर्ण स्वास्थ्य परिक्षण गरिएको छ । 
    भाद्र १ गते देखी ६ दिन सम्म विद्यार्थीहरुको पूर्ण स्वास्थ परिक्षण गर्न लागिएको विद्यालयका प्राचार्य बसन्तराज नेपालले बताए । विद्यार्थीहरुको स्वास्थ्य परिक्षणका क्रममा कुनै रोग देखिएमा अस्पतालको संयोजनमा उपचार गरिने बताए । विद्यालयले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण, उनिहरुको चौतर्फी विकासका लागी विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको छ । नृत्य, गायन, हाजिरी जवाफ, वकृत्वकला, चित्रकला, शैक्षिक प्रदर्शनी जस्ता अतिरिक्त कृयाकलाप गरी उनिहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्दै आएको नेपालले बताए ।
    गुणस्तरीय शिक्षासँगै ब्यबहारीक ज्ञान, प्रविधि युक्त शिक्षालाई जोड दिएको नेपालले बताए । त्यसैगरी न्यूराईजिङ्ग स्कुल पनौती १ रयालेमा काठमाडांै विश्वविद्यालयको स्कुल अफ मेडिकल साईन्स धुलिखेलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको पूर्ण स्वास्थ्य परिक्षण गरिएको प्रिन्सिपल विमल न्यौपानेले बताए । प्ले ग्रुप देखी कक्षा १० सम्मका सम्पुर्ण विद्यार्थीहरुको पूर्ण स्वास्थ्य परिक्षण गरिएको न्यौपानेले बताए । विद्यार्थीहरुको स्वास्थ्य परिक्षणसँगै विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको बताएको छ ।