2026 August 21/ 05:58: 38am

    बनेपा/बनेपा नगरपालिकामा जलवायु परिवर्तनका ३० वर्ष अगाडि र हालको अवस्था विश्लेषण गरिएको छ । कृषि तथा खाद्य सुरक्षा, वन जैविक विविधता र जलाधार क्षेत्र, जलश्रोत तथा उर्जा, ग्रामिण र सहरी बसोबास, उद्योग, यातायात तथा भौतिक पूर्वाधार, पर्यटन, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, स्वास्थ्य, खानेपानी र सरसफाई, विपद जोखिम, न्यूनीकरण र ब्यवस्थापन तथा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, जीविकोपार्जन र सुशासनका सन्र्दभमा ३० वर्ष अघिको अवस्था, वर्तमान अवस्था र आगामी वर्ष हुन सक्ने जोखिमका बारेमा चित्रण गरिएको छ ।     ३० वर्ष अघि बनेपामा परम्परागत कृषि प्रणाली अवलम्वन गरिन्थ्यो । कृषि उत्पादन लागे प्राङ्गारिक र जैविक मलको प्रयोग हुने गरिन्थ्यो । रैथाने प्रजातीका अन्न बालीहरुको बढी खेती हुने गरथ्यो । गाई, भैसी, बाख्रा, कुखुरा पाल्ने गरिन्थ्यो । अहिले कृषिमा आधुनिकतासँगै विषादीको अत्याधिक प्रयोग हुन थालेको छ । कृषिमा प्रयोग गरिने रासायनिक मल तथा विषादीले मानव स्वास्थ्यमा नकारात्मक असर पु¥याउने माटोको दीर्घकालीनरुपमा उर्वराशक्ति हस गर्ने सम्भावना छ । वन क्षेत्र घाँस पात दाउरा सोतरका लागि प्रयोग हुन्थ्यो । सामुदायिक वनको ब्यवस्थापनमा स्थानीयको चासो हुन्थ्यो । वन क्षेत्रमा पर्याप्त मात्रामा पानीका मुलहरु हुने गरेका थिए । बन डढेलोका कारण जैविक विविधमा नाश हुने जोखिम उच्च रहेको छ । 
    सामुदायिक वनमा रहेका खानेपानीका मुहानहरु सुक्न थालेका छन् । भविश्यमा पानीको मुल्य धेरै तिर्दा समेत सहज पाउन नसक्ने अवस्थामा पुग्ने अनुमान गरिएको छ । त्यसका लागि समयमा नै मुल ब्यवस्थापन तथा जंगल संरक्षणमा ध्यान दिन सुझाव दिईएको छ । पुराना पोखरी तथा सिमसार क्षेत्र मासिएका छन् । जग्गाहरु प्लटिङ भएकाले थप क्षति हुँदै गएको छ । उद्योग तथा कलकारखाना धेरै नभए पनि बढ्दो प्रदुषण र फोहोर ब्यवस्थापनको चुनौतीले थप संकट निम्तिने छ । बनेपामा अहिले पनि खानेपानीको समस्या छ । भविश्यमा पनि ठुलो संकट आउने चेतावनी दिईएको छ । प्राकृतिक प्रकोपहरु पहिरो र बाढी नियन्त्रण तथा न्यूनीकरणको लागि जलाधार संरक्षण कार्यशैलीको अवधारणा सार्वजनिक गरी कार्यान्वयन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण बनेपामा पहिरो, बाढी, सरुवा रोगको बृद्धि, वन डढेलो, खडेरी, खानेपानीको मुल सुक्ने, कृषि उत्पादनमा हस, मानव–वन्यजन्तु बीच द्वन्द्व हुने सम्भावनाको विश्लेषण गरिएको छ ।